किन गरिन्छ नमस्कार? जान्नुहोस् कारण र उदेश्य ।

धर्मकर्म


नमस्कार पहिलैदेखि चलिआएको चलन हो। जसको मतलब प्रणाम पनि हो। यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा उनीसँग बिदाइ गर्ने समय,दुवैमा प्रयोग गरिने गरिन्छ। नमस्कार गर्नु भनेको आफूले कसै व्यक्तिलाई सम्मान दिनु पनि हो। किनकि जहिले पनि नमस्कार हामी आफू भन्दा ठुला व्यक्तिलाई नै गर्ने गर्छौँ न कि आफू भन्दा साना मानिसलाई। नमस्कार गर्नुको भनेको आफ्नो संस्कार देखाउनु पनि हो।

नमस्कार गर्नुको उद्देश्य
हामीले आफू भन्दा ठुला व्यक्तिलाई नमस्कार गर्नेपर्छ। किनकि यसले हाम्रो स्वभाव बयान गर्दछ। नमस्कार गर्नु भनेको आफ्नू भन्दा ठुला व्यक्तिलाई सम्मान गर्नु वा मान्नु हो। जसले जहिले पनि आध्यात्मिक शक्तिलाई बढ़ाउछ अनि दैवी चेतना आकर्षित गर्छ। नमस्कार गर्नाले हामीमा कृतज्ञता अनि भक्तिको भावना जागृत गर्छ। उक्त कारण नमस्कार गर्ने बानी बसाल्नुपर्छ।

नमस्कारका प्रकार
सामान्य नमस्कार
यदि कुनै व्यक्तिसँग भेटिदा दुवै हातलाई जोडेर नमस्कार गरिन्छ भने त्यस किसिमको नमस्कारलाई सामान्य नमस्कार भनिने गरिन्छ। प्रत्येक दिन हामी कयौँ मानिसहरूसँग भेट्दा नमस्कार गर्ने गर्छौ ।

पद नमस्कार
यस प्रकारको नमस्कार हामी आफ्नो परिवार,नाता,वृद्ध तथा बाबा आमाको पैतला छोएर गर्छौ । परिवार बाहेक गुरु तथा आध्यात्मिक व्यक्तिहरूको पैताला छोएर नमस्कार गर्ने गर्छौ ।

साष्टांग नमस्कार
यदि हामी कुनै मठमन्दिर गएर पूजा आराधना गर्नी नमस्कार गर्छौँ भने त्यसलाई साष्टांग नमस्कार भनिन्छ । यस किसिमको नमस्कार देवी देवताको शरणमा गएर गिने गरिन्छ।

नमस्कार गर्नुको फाइदाहरू
नमस्कार गर्नाले मनमा राम्रो भावना र स्वच्छ भावनाको विकास हुन्छ । जसले गर्दा सकारात्मक सोचको विकास हुने गर्छ।
नमस्कार गर्नाले आफ्नो संस्कृति झल्किदिन्छ जसले गर्दा अरूको मनमा राम्रो विचार जाग्ने गर्छ।
नमस्कारले अर्को व्यक्तिले तपाइप्रतिको राम्रो भावनाको विकास गर्दछ । यस प्रकार नमस्कार आध्यात्मिक र व्यवहारिक दुवै तरिकाले फाइदाजनक छन् ।
मन्दिरमा गएर देवीदेवताको सामु नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ । जसले मन र मस्तिष्क शान्त रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *