सुन किन्ने सोँचमा हुनुहुन्छ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ ।

बिनिमय दर

२१ वैशाख,काठमाडौँ । केही हप्ता पहिले लगातार उकालो लागि रहेको सुनको मूल्य केही दिनयता यथावत् छ ।शनिबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार ७६ हजार वरीपरी नै रहेको हाे ।

त्यसैगरी,तेजाबि सुनको मूल्य ७६ हजार कै हाराहारीमा रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यस्तै,आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हेर्नुहोस् यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमयदर

शुक्रबारको तुलनामा आइतबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैया ४८ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७ पैसा तोकिएको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५१ रुपैयाँ ३३ पैसा तोकिएको छ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ६६ पैसा तोकिएको छ ।एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३ पैसा तोकिएको छ ।त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ७३ पैसा तोकिएको छ । त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३१ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रिदर १ सय ३२ रुपैयाँ ३३ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *