भद्रगोलका विलासेलाई कोरोना भाइरस संक्रमण ।

समाज

काठमाडौं,२१ बैशाख । कोरोना भाइरस अर्थात् कोभिड-१९ ले कुनै पनि धनी,गरीब,डाक्टर,बिरामी भन्दैन,न त कलाकार कसैलाई यसको संक्रमणले अछुतो राखेकाे छ ।

कतिपय मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई पनि कोभिड-१९ संक्रमण भएको पाइएकाे छ भने कतिपय डाक्टरकै ज्यान पनि लिएकाे छ।

यसै क्रममा नेपालका कुनै समयकाे चर्चित हाँस्य टेलिश्रृङ्खला भद्रगोलका एक कलाकारमा पनि कोभिड-१९ को संक्रमण देखिएको छ ।

भद्रगाेलमा‘विलासे’को भूमिकामा काम गरेर चर्चित बनेका कलाकार सुवास कार्कीलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । हाल बेलायतमा रहेका उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनी २ वर्षअघिदेखि बेलायतको लण्डनमा बस्दै आएका छन् ।

उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *