आज फेरि अर्का अज्ञात व्यक्तिले सडकमा पैसा फालेर भागेपछि स्थानियमा त्रास ।

समाचार

काठमाडौ,बैशाख २२–चितवनमा अज्ञात व्यक्तिले सडकमा पैसा फालेर भागेपछि स्थानीय निकै त्रसित बनेका छन् । रत्ननगर टाँडीस्थित हाईस्कुलको रोडमा अज्ञात व्यक्तिले सडकमा पैसा फालेर भागेपछि त्यहाका स्थानीयमा त्रास फैलिएको छ । स्थानियले बताए अनुसार एक व्यक्तिले उक्त सडकमा पैसा फालेर भागेका थिए ।

नगरपालिकाको वडा नम्बर २ टाँडी चोकमा पाँच सय र पचास बीस र दश रुपैँयाको नोट फेला परेको हो । कोरोनाले त्रास फैलिएका बेला उक्त पैसा फालेर भागेपछि संका उत्पन्न भएको स्थानीयको भनाइ छ । त्यस्तै केहि समय पहिला जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर दुई महिला नातामा भाउजु फरार भएका छन।

यो पनि पढ्नुहोस।

६ बैशाख । काठमाडौं:जनकपुरको सडकमा पैसा फालेर कोरोना संत्रास फैलाएका दुईजना महिला पक्राउ परेका छन् ।

शुक्रवार दिउँसो एकबजे तिर दुईजनाको समूहमा रहेको ती महिलाहरुले १० रुपैयाँको नोटहरु छरेर भागेका थिय।दुबै महिलाको परिचय भने प्रहरीले खुलाएको छैन । केहि बेर पश्चात दुबैजना महिलालाई सार्वजनिक गर्ने धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

ती नोटबाट कोरोना संक्रमण हुनसक्ने भएकोले उक्त नोट बरामद गरी परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *