ज्याकलिन र युलियासँग मिलेर गरीबलाई खाद्यान्न बाँड्दै सलमान खान ।

चलचित्र

नयाँ दिल्ली,२२ बैशाख । लकडाउनका कारण बलिउड अभिनेता सलमान खान पनवेलस्थित आफ्नो फार्म हाउसमै बस्दै आएका छन् । यसैबीच अभिनेता खानले गरीबहरुलाई सहयोग पनि गरिरहेका छन् ।

अभिनेता खानको एउटा भिडियो सार्वजनिक भएको छ,जहाँ उनले ट्रली, टेम्पो र बयलगाडामा खाद्यान्न बाँड्नका लागि लोड गरिरहरेका छन् ।

सार्वजनिक उक्त भिडियोमा सलमान खानको कथित गर्लफ्रेण्ड युलिया बन्तुर र अभिनेत्री ज्याकलिन फर्नाण्डेज पनि सँगै देखिएका छन् । सलमानको उक्त भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।

भिडियोमा सलमान खानसँगै उनका परिवार र नजिकका साथीहरु मिलेर बयलगाडा,ट्रली र ट्याक्टरहरुमा खाद्यान्न लोड गरिरहेका छन् । यस भिडियोलाई सलमान खान आफैले आफ्नो इन्स्टाग्राममा सेयर गरेका हुन् । जहाँ उनले क्याप्शनमा लेखेका छन्,‘तपाईहरु सबैको योगदानको लागि धन्यबाद । सबैलाई धन्यबाद ।’

यस अगाडि पनि अभिनेता खानले २५ हजार मजदुरहरुलाई आर्थिक सहयोग गर्ने जिम्मा लिएका थिए । साथै कयौंको घरमा आवश्यक खाद्यान्न पनि पु-याएका थिए ।

यसैबीच युलिया बन्तुर र अभिनेत्री ज्यानलिन फर्नान्डेज पनि अभिनेता खानको पनवेलस्थित फार्महाउसमै रहँदै आएका छन् । युलियाको एक लाइभ च्याट भिडियो केही दिन अगाडि निकै भाइरल बनेको थियो ।

उक्त भिडियोमा सलमान खान पनि सँगै देखिएका थिए,भने अभिनेत्री ज्याकलिनले सलमान खानको घरमा रहनु आफ्नो सौभाग्य बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *