दुवईमा तनहुँका यज्ञप्रसाद गुरुङको को’रोना संक्रमणबाट मृ’त्यु

समाचार

२३ बैशाख २०७७, मंगलवार काठमाडौं । रोजगारीको सिलसिलामामा दुवईमा रहेका तनहुँका यज्ञप्रसाद गुरुङको को’रोना भाइरस (को’भिड १९) को संक्रमणबाट दुवईमा मृ’त्यु भएको छ ।विगत पाँच वर्षदेखि दुवईमा से’क्युरिटी कम्पनीमा काम गर्दै आएका गुरुङको वैशाख १८ गते मृ’त्यु भएको हो ।मृतक गुरुङका भदै इन्द्र गुरुङका अनुसार, दुवईस्थित क्वा’रेन्टाइनमै उनको नि’धन भएको हो । चेकजाँचपछि को’रोना संक्रमणपछि क्वारेन्टाइनमै थिए । क्वा’रेन्टाइनमै औ’षधोपचार गरिरहेका बेला उनको नि’धन भएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२,फिरफिरे,ढोर लामागाउँ स्थायी घर भई हाल पोखराको पोखरी बस्दै आएका गुरुङको श्रीमती,एक छोरा र एक छोरी छन् ।४५ वर्षीय यज्ञप्रसादको छोरा पनि रोजगारीकै सिलसिलामा दुवईमै रहेको इन्द्र गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *