कोराना कहर:आगामी जुन महिनामा अमेरिकामा प्रतिदिन ३ हजार मानिसको ज्यान जाने अनुमान ।

अन्तर्राष्ट्रिय

अमेरिका,२३ बैशाख । कोरोना भाइरस कोभिड १९ को पछिल्लो इपी सेन्टर बनिरहेको संयुक्त राज्य अमेरिकामा आगामी जुन महिनासम्म प्रतिदिन ज्यान गुमाउने मानिसहरुको संख्या दैनिक ३ हजार पुग्ने अनुमान गरिएको छ ।

डोनाल्ड ट्रम्प सरकारले तयार गरेको एक आन्तरिक रिपोर्टमा यो तथ्यांकलाई स्वीकार गरिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

यो तथ्यांक अहिले दैनिक सरदर मृत्यु भइरहेको १ हजार ७ सय ७० को तुलनामा ७० प्रतिशत बढी हुने छ । यो तथ्यांक फेडरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सी र सरकारी अनुमानमा आधारित रहेको बताइएको छ ।

अनुमान गरिए अनुसार यसै महिनाको अन्तसम्ममा प्रतिदिन दुई लाख नयाँ केसहरु आउनेछन अमेरिकामा । अहिले यो संख्या २५ हजारको हाराहारीमा छ ।

अमेरिकाको आधा भन्दा बढी राज्यमा लकडाउनको प्रतिबन्धमाथि छुट दिइएकोले पनि यो स्थिति आउन सक्ने अनुमान गरिएको हो ।

फ्लोरिडामा पुनः धेरै व्यापारिक प्रतिष्ठानहरु खोल्ने तयारी गरिएका छन् । अमेरिकामा अहिले संक्रमणबाट कुल १२ लाख १२ हजार ९६६ मानिसहरु प्रभावित बनेका छन् । त्यस्तै मर्नेहरुको संख्या ६९ हजार ९ सय २५ पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *