स्वास्थ्य सामग्री खरिदमा भएको भ्र’ष्टाचार वि’रुद्ध सडकदेखि सदनसम्म कुरा उठाउँछौं: देउवा

राष्टिय

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले को;रोना भा’इरसको उपचारका लागि स्वास्थ्य सामग्री खरिदमा भएको भ्र’ष्टाचार वि’रुद्ध सडक देखि सदन सम्म कुरा उठाउने बताएका छन् । नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा विश्वभरका जनसम्पर्क समितिका प्रमुखसँग आइतबार साँझ आयोजित को;रोना भा’इरसले पारेको असर सम्बन्धी भिडियो कम्फरेन्समा देउवाले को;रोना भाइरसले निम्त्याएको मानवीय संकटमा पनि सरकारले भ्रष्टाचार गर्न नछाडेको आरोप लगाएका हुन् ।

को;रोनाका कारण रोजगारी गुमेर अलपत्र परेका नेपालीलाई स्वदेशमा ल्याउन सरकारले गरेको बेवास्ता प्रति आपत्ति जनाउँदै देउवाले तत्काल उनीहरूलाई स्वदेश फर्काउने वातावरण मिलाउन आग्रह गरे । उपसभापति विमलेन्द्र निधिले को;रोना भाइरस नियन्त्रणमा सरकारले लकडाउन बाहेक केही काम नगरेको आरोप लगाए ।

रोगबाट देश र जनतालाई जोगाउनेभन्दा सत्तारुढ दल सत्ता झ’गडामा लागेको आरोप लगाउँदै निधिले राजनीतिक र नैतिक हिसाबले प्रधानमन्त्री केपी ओली सरकारले शासन गर्ने अधिकार गुमाइसकेको दाबी गरे । ‘ओली सरकारले न राजनीतिलाई सही दिशा दिन सक्यो न त जनताको जीवन रक्षामा नै अगुवाइ गर्न सक्यो,उनले भने,‘नेकपाले विकल्प दिएमा कांग्रेसले त्यसको स्वागत गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *