दिल निशानी भन्छन्ःज्ञानेन्द्र शाहीले मुठाको मुठा पैसा कसरी बाँडिरहेको छ,कतै मुर्ती चोरको पैसा त हैन..

समाचार

कुनै बेला बि’पन्न तथा श्रमिक ब’र्गको पक्षमा कलम चलाएर सर्बहारा लेखकको परिचय बनाएका दिल निशानी मगरको यतिबेलाको परिचय फेरिएको छ ।विभिन्न समयमा दिएका वि’वादास्पद अभिव्यक्तिका कारण उनि बेला बेलामा विवादमा आईरहन्छन् । त्यसैले उनलाई मन पराउने र न’पराउनेको संख्या ठुलो छ ।

कुनै समय अरबमा खजुर उमार्दा तातो बालुवामा तप्प-तप्प पसिना चुहाउने जिन्दगीको अर्थ खोज्दै जुर्मुराएको दिल निशानी मगरको कलम निमुखा श्रमिकहरुको आशाको केन्द्र बनेको थियो । एक हिसाबले हेर्दा उनको लेखनधारले नेपाली जगतमा फरक धार र वर्गको प्रतिनिधित्व गर्यो र छवी बनायो । पछिल्लो समय लेखनमा क्रान्ति ल्याउने दिल निशानी मगर नै हुन् यसमा कुनै दुइमत छैन,जानकारहरु बताउछन् ।

घुम्ने मेचमा कलम चलाएर डलरको खेति गर्ने नेपालका बढेमान लेखहरुको सामु आफ्नो पृथक पहिचान बनाएका दिल निशानी मगर गरिखाने बर्गको जत्था भित्रबाट स्वतन्त्रताको ओकालत गर्दै सर्वहारा उत्थानको लागी हिम्मतिलो कलम चलाउने एउटा कलम बिर बने र अन्यायको विरुद्दमा जेहाद छेड्ने सर्बहारा लेखकको राम्रो पहिचानमा वाह वाही पाएको कुरा धेरैले स्वीकार गर्छन ।

खाडीमा श्रमगर्ने श्रमिक पाठकहरु भन्छन,खजुर उमार्न बगेको पसिना र निशानिको कलमबाट निस्केको मसीको फ्युजनले उनि अहिलेको जल्दो बल्दो लेखकको परिचय बनेको हो तर पछिल्लो समय रवि लामिछाने, ज्ञानेन्द्र शाही लगायतको चर्को बिरोध गरेका कारण दिल निशानीको छबी छुट्टै बनेको छ ।तिनै दिल निशानीले आज फेरी तिनै ज्ञानेन्द्र शाही बारे निकै विवास्पद अभिव्यक्ति दिएका छन् ।

उनले ज्ञानेन्द्र शाहीलाई‘मुर्ति चोर’को संज्ञा दिएका छन् । हेरौं उनको भनाई जस्ताको तस्तै: ग्यानेन्द्र शाही अलिबाबा हो कि शेष घले हो कि, मुकेश अम्बानी हो। लामो समय खालीपेट बस्दा ग्यास्टिक भएर उपचार गर्न काठमाण्डौ आएको केटाले मुठाको,मुठा पैसा कसरी बाँडिरहेको छ। कतै मुर्ती चोरको पैसा त हैन?‬

Leave a Reply

Your email address will not be published. Required fields are marked *