अब प्रधानमन्त्री सांसदले होइन जनताले छान्न पाउनुपर्छ सहि कि गलत ?

समाज

सयाद जनाआन्दोलन तिर हुर्केको भएर होला । त्यो जनआन्दोलनको कोलाहल अनि त्यो बिरोधहरु धेरै मात्रामा सुन्ने गर्थे ।राजतन्त्र मुर्दावाद,लोक्तन्त्र जिन्दावाद । अनि म सोध्ने गर्थे बुवालाइ,बुवा आखिर यो सबै के को लागि गरिराको छन।”
बुवा जबाफ”त अझै सानै छ्स बुझ्दैनस यो सबै”

अनि मेरो घरी घरि को प्रस्न ले आमाको जबाफ”यो राज्तन्त्र फालेर लोकतान्त्रिक र गणतान्त्रिक नेपाल को लागि गरेको प्रायास हो । त्यो बेला कतिबुजे कति बुजेन तर आज बुझ्दै छु । त्यो आन्दोलन त एउटा राजा फालेर सयौं राजा जन्माउन लाई रहेछ । राजाले देश को बिकाश हैन आज को राजा भनौदा हरुको शासन रोखेका रहेछन ।

आज विश्व यति ठूलो माहारिमा पुगेको बेला हाम्रा नेताहरु देश भन्दा प्रधानमन्त्री र पार्टीको अध्यक्ष को कुर्सी तिर अगाडी बडि रहेका छ्न । तर सिमापारी अड्किएका लाखौं नेपाली भोक्ले मर्ने लागेका गरिबका आवाज सुन्न आज नेतालाइ फुर्सद छैन ।

यहि हाम्रो देश हो जहाँ प्रधानमन्त्रीको केक अनि रास्ट्रपति सितल निबास बाट बिमानस्थल पुग्दा हेलिकप्टर चार्टर गरिन्छ तर आज नेपाली भोक्भोकै चिउरा चाउचाउ को भरमा खुट्टामा चप्पल पड्काउदै १०/१२ दिन हिडेर घर पुग्नु परेको छ ।

के यहि हो लोकतान्त्रिक गणतान्त्रिक नेपाल?

सत्र हजार नेपालिले ज्यानको बलिदान जनाआन्दोलनमा आखिर यहि को लागि दिएका हुन?

सत्र हजारको लास माथी टेकेर गरेको यो फोहोरी राजनिती आखिर कहिले सम्म नेकपा सरकार?

भयो अब अति भयो जनताको ब`लिदान रग`त पसिना माथी रजाइ गर्ने तिमिहरुलाइ छुट छैन । आज तिनै परिवार हो हिजो देश का लागि बलिदान दिय आज तिनै कोइ मन्त्री बने कोइ आज एक छाक खान नपाएर भोकभोकै म`र्दै छन ।तर ती नेता भनाउदाहरु देशको सासनसत्तालाई हातमा राखेर राजनितिको आडमा दादागिरी,ज्यादती अनि भ्रष्टचार । आखिर यहि हो लोकतान्त्रिक गणतान्त्रिक नेपालको तिमिहरुले परिकल्पना गरेको समाजबाद ।

हिजो खुट्टामा चप्पल पड्काउदै राजनिती थालेकाहरु आज करोडौं को गाडि चड्ने भयका छन ठुला ठुल घरमा बस्नेभयका छन परिवर्तन त तिनिहरुको जिबनशैलिमा भयको छ । आज देशमा दिनप्रतिदिन भ्रष्टाचार मौलाउदै गाको छ चाहे कुनै बिकास निर्माणकार्य होस अनि स्वास्थ्य सामाग्री खरिद प्रक्रिया। जताततै कमिसनको होडबाजी ।तर जनताको समस्या जिउकातिउ छ ।कयौं सरकार परिवर्तन भय जनताका सपना अनि देश्को समस्या कहिले परिबर्तन भएन । हुनत देशको लागि सरकार चलायपो परिबर्तन हुनेथियो। आफ्नो ब्यक्तिगत स्वार्थ का लागि सरकार चलाउने ले के गर्थे परिबर्तन । आज कुर्सी हरेक को लागि तानातान भाको छ देश र जनताको लागि हैन आफ्नो स्वार्थ को लागि ।

तसर्थ अब साच्छै देशमा परिवर्तन ल्याउनका लागि पनि जनता पनि होसियार हुनुपर्छ । तिनिहरुको गलत कामप्रती आवाज उठाउन सक्ने हुनुपर्छ । अब भोट पार्टी चिनेर होइन नेता चिनेर दिने गरौ । आखिर जनता त हौ पहिला भरि गालि गर्ने अनि चुनाव तिर तिनका पछि झन्डा बोक्दै हिड्ने अब यो बानिको अन्त्य गर्ने जरुरि छ ।

अब प्रधानमन्त्री सांसदले होइन जनताले छान्नपाउने ब्यबस्था मिलाउनु पर्छ। मेरो बिचारमा देश्को मुहार फेर्नु छ भने भ्रष्टाचारि लाइ नाङ्गो पारेर आगो लगाउन सक्ने,साहासी,निडर लाई प्रधानमन्त्री बनाउन जरुरी छ।

जय देश
जय नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *