कश्मीरमा फेरि बढ्यो तनाब आफ्ना ८ जना सैनिक मा’रिएपछि भारतले यसरी लियो बदला ।

अन्तर्राष्ट्रिय

काठमाडौं।लामो समय देखि बन्द रहेको कश्मीरमा तनाब सुरु भएको छ । भारु १२ लाख इनाम घोषणा गरिएका एक व्यक्ति मा’रिएका छन् । भारत प्रशासित जम्मु कश्मीरमा भारतीय सेनाले गरेको कारवाहीमा आ’तंकवा’दी संगठन हिजबुल मुजाहिदिनका शीर्ष नेताको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

हिज्बुल लडाकु रियाज नाइकु अर्का उनका एक साथी मा’रिएको समाचारमा उल्लेख छ । अवन्तीपुराको स्थानीयका अनुसार सेना, पारामि’लिट्री र प्रहरीको संयुक्त कारवाहीमा आ’तंकवा’दीहरु मा’रिएका हुन् । उत्तर कश्मीरको कुपवाड जिल्लामा केहीदिन अगाडि आठ सुरक्षाबल मा’रिएपछि भारतीय पक्षले कारवाही सुरु गरेको थियो ।४० वर्षका नाइकु स्थानीय हिज्बुल मुजाहिद्दीन समूहका अन्तिम जीवित नेता थिए ।

सन् २०१६ मा बुरहान वानी मा’रिएपछि नाइकुले हिज्बुल समूहको नेतृत्व गरिरहेका थिए । सुरुवातमा शिक्षक रहेको उनी सन् २०१० पछि आ’तंकवा’दी बनेका थिए । प्रहरी र सेनामाथि योजनावद्ध रुपमा हिज्बुल समूहले जम्मु कश्मीरमा आ’क्रम’ण गर्दै आएको छ । उनको घरलाई भारतीय सेनाले शक्तिशाली आ’ईई’डी ब’म लगाएर उडाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *