२५६४ औं बुद्ध जयन्तीका लागि सिंगारियो मायादेबी मन्दिर ।

धर्मकर्म

कपिलवस्तु–कोरोना भाइरसका कारण यस वर्षको २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित गरिए पनि बिहीबार बैशाख २५ गते मनाइने बुद्ध जयन्तीका लागि मायादेवी मन्दिर सिंगारिएको छ । मन्दिरको गजुर र चारैतिर रंगरोगन गरेर चिटिक्क पारिएको छ ।त्यसैगरि मन्दिरको चारै कुनामा नेपालको झण्डा राखिएको छ। मायादेबी मन्दिरमा सिमित ब्यक्तिहरुको सहभागितामा पूजापठा र २५ सय ६४ वटा दीप प्रज्वल गनिरे लुम्बिनी विकास कोषका सचिव ज्ञानीन राईले बताए ।मायदेबी मन्दिरमा कोषका सदस्य, भिक्षुहरुको सीमित टोलीले प्रार्थना र २५६४ वटा दीप प्रज्जवलन गर्ने कार्यक्रम छ ।

कोषले विहार,मोनाष्ट्री र गुम्बाका १०र१५ जना भिक्षु भिक्षुणी,लामागुरु,गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा पूजाआजा गरिने सचिव राईले बताए ।सरकारले कोरोना भाइरस रोकथामका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरी पूजा र प्रार्थना गरिने कार्यक्रम रहेको रहेको विकास कोषले जनाएको छ । यस्तै कपिलवस्तुको तिलौराकोट र निग्रोधराम,नवलपरासीको रामग्राममा समेत सीमित ब्यक्तिहरुको सहभागीतामा दीप प्रज्ज्वलन गरिने कार्यक्रम रहेको कोषका सदस्य राजेश ज्ञवालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *