मलेसियामै बिहे गरेर छोरोले बुहारी मात्र घर पठाउँदा गाउँमा हङामा (भिडियो)

भिडियो

काठमाडौं।बाग्मती प्रदेशको हेटौडाकी रेश्मा श्रेष्ठ गौतमको मलेसियामा वैदेशिक रोजगारीका लागि जाने क्रममा प्रेम भयो। मलेसियामै विवाह भयो। श्रीमान विदेशमै छन् उनी मात्र नेपाल आइन् । खोटागंका एक युवकसंग उनको मलेसियामै भेट भएको थियो । करिब ३ वर्ष अघि उनीहरुबीच मलेसियामै भेट भएपछि उनीहरुले सिन्दुर पोते नै लगाएर विवाह गरे । विवाह पछि रेश्मा विरामी भइन्।

मलेसिया गएको ९ महिना पछि रेश्मालाई डेंगु भएपछि उनले त्यहाँ उपचार गरेकी थिइन् । तर पछि नेपालमा थप उपचार गर्न भनेर श्रीमानले नै ऋण खोजेर नेपाल पठाए । उनी करिब एक वर्ष अघि नेपाल आएकी हुन् । खोटागंमा रहेको श्रीमानको परिवारमा अहिले ससुराको ह त्या भयो । उनी अहिले परिवारका सदस्यसंगै बसेर ससुराको किरिया गर्न पाइनन् । लकडाउनका कारण अहिले उनी ससुराको किरिया गर्न पनि जान नपाएको बताइन् । घरवाट नन्दले भाउजु हामीले केही गर्न सकेनौं बुवालाई हजुरले न्याय गर्नु भनेर रुँ दै फोन गरेको उनले बताइन् ।

आफुले आफ्नै खुसीमा विवाह गरेका कारण माइतीले पनि हेर्दैनन् । दाईहरुको ड रले आमाले पनि फोन नगर्ने र भेट्न पनि नआउने उनले बताइन् । ६२ वर्षको आमा भएपनि उनको वुवा भने निधन भइसकेको छ । त्यसैले उनले ससुरालाई वुवाजस्तै माया लाग्ने गरेको बताउँछिन् । आज आफ्नै वुवाजस्तो ससुरालाई पनि अन्तिम अवस्थामा भेट्न र परिवारका सदस्यसंगै बसेर किरिया गर्न पाइन् भन्दै निकै दु खी भइन् ।

उनी विदेशवाट आएपछि सिधै श्रीमानको घर खोटागंमा गएकी थिइन् । छोरा विनाको वुहारी घरमा आएपछि गाउँमा छिमेकीले अनेक कुरा गर्न थाले । छोरा नभएपनि वुहारी आउने रैछन् भनेर गाउँलेले नराम्रो ब्यवहार गरेपछि उनले श्रीमानसंग सल्लाह गरिन् । श्रीमानले त्यसो हो भने तिमी अलग्गै बस म खर्च पठाउँछु पछि म नेपाल आएपछि संगै तिमीलाई लिएर घरमा लैजान्छु भनेपछि उनी अहिले हेटौडामा कोठा भाडामा लिएर बसेकी छन् ।

तर पछिल्लो समय उनका श्रीमानको पनि मलेसियामा दु र्घ ट ना भयो ४ महिना देखि श्रीमानले पनि अहिले पैसा पठाउन सेकेका छैनन् । उनी अहिले कोठा भाडा तिर्न र रासन खान नसक्ने अवस्थामा छन् । श्रीमानले पैसा पठाएपछि तिर्छु भनेर उधारो ल्याएर खाइरहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *