सांसदहरुमा कोरोना भाईरस संक्रमणको परीक्षण सुरु

राष्टिय

काठमाडौँ- सांसदहरुको कोरोना भाईरसको संक्रमण भए नभएको परीक्षण सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको बिहीबारदेखि स्वास्थ्य परीक्षण सुरु भएको हो ।

शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको संसद सचिवालयले जनाएको छ ।राष्ट्रिय सभा सांसदहरुको बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको हो ।

संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको छ ।सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी,मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *