बारामा भारतीय नागरिकहरुद्वारा सशस्त्रको चेकपोष्टमाथि आ`क्रमण।सम्बन्धित बिषयमा दुबै देसका अधिकारि बिच छलफल ।

राष्टिय

काठमाडौँ।नेपाल–भारत सीमाअन्तर्गत बाराको कबहीगोठमा भारतीय नागरिकहरुले नेपाली सुरक्षाकर्मीमाथि आ`क्रमण गरेका छन् ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रविणकुमार श्रेष्ठका अनुसार बिहीबार दिउँसो करिब १ सय जनाको संख्यामा आएका भारतीय नागरिकको समूहले सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरीमाथि आ`क्रमण गरेका हुन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले १ रा`उण्ड ह`वाई फा`यर गर्नु परेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

जबरजस्ती नेपालतिर प्रवेश गर्न खोज्नेलाई सुरक्षाकर्मीले रोकेपछि उनीहरु फर्किएका थिए तर पछि थप मानिसहरु बोलाएर सुरक्षाकर्मीमाथि नै आ`क्रमण गर्न थालेका हुन् ।

भीडमा आएका भारतीय नागरिकहरुले सशस्त्र प्रहरीको पोस्टमा ढु`ङ्गामु`डा गरेका थिए । भारतीय नागरिकको ढुङ्गामुडाका कारण सशस्त्र प्रहरीको चेकपोस्टमा क्ष`ति पुगेको छ । अहिले दुवै देशका अधिकारीहरुबीच छलफल चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *