अब भारतीय सीमा क्षेत्रमा नेपाली सेनाले पनि गस्ती गर्ने

राष्टिय

काठमाडौं,बैशाख २५। को;रोना संक्रमणको त्रासबीच छिमेकी मुलुकसँगको नाकामा कडाइ गर्दै आइरहेको सरकारले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी माथि आ’क्रमण हुन थालेपछि सेनालाई गस्तीमा खटाउन सक्ने गरी आवश्यक निर्देशन दिएको छ ।

सीमा नाकाबाट हुने अवैध प्रवेश रोक्दा सुरक्षाकर्मी माथि नै आ’क्रमण हुन थालेपछि गृह मन्त्रालयले सीमा क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहने गरी सेनालाई गस्तीमा खटाउन निर्देशन दिएको हो। गृहले त्यसका लागि जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहने सुरक्षा समितिलाई निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जिल्ला सुरक्षा समितिलाई आवश्यकताका आधारमा सुरक्षा व्यवस्थापन गर्न सक्ने गरी निर्देशन दिइएको बताएको आजको राजधानी दैनिकमा खवर छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जिल्ला सुरक्षा समितिलाई आवश्यकताका आधारमा सुरक्षा व्यवस्थापन गर्न सक्ने गरी निर्देशन दिइएको बताए ।‘सेनालाई नै सीमाको सुरक्षामा खटाउने भन्ने होइन । केही जिल्लामा हिंसात्मक गतिविधि हुन थालेपछि आवश्य कताका आधारमा सुरक्षा समितिलाई सुरक्षा व्यवस्थापन गर्न निर्देशन भएको हो ।

सुरक्षा समितिमा सेना,प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि रहने हुँदा आवश्यकताका आधारमा निर्णय हुन सक्छ,’गृह प्रवक्ता शर्माले राजधानीसँग भने। गृह प्रवक्ता शर्माका अनुसार जिल्ला सुरक्षा समितिहरूले आवश्यकताका आधारमा सेनालाई गस्तीमा खटाए पनि पहिलो प्राथमिकतामा नेपाल प्रहरी र सशस्त्र प्रहरी नै रहनेछन् । सेना सीमा क्षेत्रमा पुग्नेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *