महामारी को बेला पनि आफ्नो ज्यान को प्रबहा नगरी क्याप्टेन विजय लामाले तीन सय यात्रु सिड्नीमा उतारेर मलेसियाबाट फेरि स्वास्थ्य सामग्री बोकेर उडाय जाहाज।

राष्टिय

सिड्नी,नेपाल एयरलाइन्सको चार्डर्ड जहाज तीन सय पाँच जना यात्रु तथा उडान कर्मचारीसहित अस्ट्रेलियाको सिड्नी आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडीको विमान सिड्नी आइपुगेको यो पहिलो पटक हो। क्याप्टेन विजय लामा र अर्का विदेशी पाइलट जेम्स किप्सका साथ सिड्नी आइपुगेको जहाज बिहान आठ बजे सिड्नी विमानस्थलमा अवतरण गरेको थियो भने मात्र दुई घन्टाको आरामपछि विमान पुन:आजै नेपाल फर्कियो। मलेसिया ट्रान्जिट हुँदै नेपाल फर्किने नेपाल एयरलाइन्सले स्वीस सरकारको सहयोगमा मलेसिया आइपुगेका स्वास्थ्य सामग्री (टेस्ट किट) नेपाल लगेको छ।

अस्ट्रेलियामा अलपत्र परेका र समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन पहल गरिएता पनि नेपाल सरकारले अनुमति नदिँदा विमान सिड्नीबाट रित्तै नेपाल फर्किएको हो। अस्ट्रेलियामा समस्यामा परेका एक युवाले नेपाल फर्कन अनसन समेत बसेका थिए। स्वीस सरकारको तर्फबाट सहयोगमा प्राप्त भएका यी कोरोना परीक्षण किटहरु विगत लामो समयदेखि सिंगापुरमा थन्किएका थिए ।नेपाल एयरलाईन्सको विमान मलेसियामा ट्रान्जिट हुँदै सिड्नी आउने र सिड्नीबाट मलेसिया हुँदै काठमाडौं पुग्ने भएका कारण सिंगापुरबाट यी टेष्ट किटहरु मलेसियाको विमानस्थलमा लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *