लुम्बिनीमा २५६४ दीप प्रज्ज्वलन:जहाँ छन् बुद्धका आँखा,शान्त स्निग्ध र…

धर्मकर्म

भैरहवा,२५ बैशाख । कोरोना भाइरसको महामारीले ज्यान गुमाएकाको चीरशान्ति र विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सम्मानमा बिहीबार साँझ नेपालभर दीप प्रज्जलन गरिएको छ।सरकारले नै जनतालाई दीप प्रज्जलनका लागि आह्वान गरेको थियो। साँझ ७ बजे निर्धारित समयमा राजधानीलगायत देशभर मानिसले घर घरमा दीप प्रज्जलन गरिरहेका दृश्यहरु देखिएका छन्।कोरोना भाइरस संक्रमणका कारण लकडाउन जारी रहदा २५६४ औं बुद्ध जयन्ती सामान्य रुपमा प्रार्थना, बन्दना र बिश्व शान्ति कामना गर्दै दीप प्रज्ज्वलन गरी मनाइएको छ ।

बिहीबार बिहान लुम्बिनी भित्र रहेका स्वदेशी तथा बिदेशी बिहारका सीमित भिक्षुहरु,लुम्बिनी बिकाश कोषका केही पदाधिकारीको उपस्थितीमा सामान्य रुपमा १ घन्टा भित्रै बुद्ध जयन्तीको कार्यक्रम गरिएको थियो ।यस्तै साँझ ७ बजे लुम्बिनी क्षेत्रमा २५६४ वटा दीप प्रज्ज्वलन गरिएको छ । छोटो कार्यक्रमका साथ गरिएको दीप प्रज्ज्वलनबाट समग्र लुम्बिनी क्षेत्र प्रकाशमा लुटपुटिएको थियो ।त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा पनि प्रधानमन्त्री केपी शर्मा र उनकी पत्नीले विभिन्न भिक्षुहरुको उपस्थितिमा दीप प्रज्जवलन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *