७ दिन पहिला भारतबाट लुकिछुपि आयका थिये आज कपिलवस्तुमा भेटियका कोरोना संक्रमीत ।

समाचार

तौलिहवा ।कपिलवस्तु जिल्लामा दुई जना को’रोना संक्रमित भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा को’रोना संक्रमण देखिएको हो ।प्रजिअ दी’र्घनारायण पौडेलले संक्रमित दुबै जना मायादेबी गाउँपालिकाको रहेको बताए । दूबै जना मायादेबी गाउपालिका–१ पकडी स्थित छ’त्रपाली ती’र्थादेबी माबिको क्वा’रेनटाइमा ७ दिन देखि बस्दै आएका थिए । उनीहरु दुबै जना भारतको मुम्बईबाट ७ दिन अघि लु’कीछिपी फर्केका थिए ।दुबै जनाको स्वा’ब संकलन गरी मंगलबार काठमाडौं पठाईएको थियो ।

दुबै जनालाई बुटवल पठाईने तयारी गरिएको प्रजिअ पौडेलले बताए । दुवैमा को’रोनाको ल’क्षण नदेखिए पछि संक्रमित भएको पाईएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *