खुसीको खबर:नेपालमा निको हुनेको संख्या ३० पुग्यो ।

समाचार

काठमाडौं।नेपालमा थप ८ जनाले को`रोना भा`इरसलाई जितेका छन् । कोसी अस्पतालमा कोरोनाको उपचार गराइरहेका ८ जना निको भएका हुन् ।को`रोनाको उपचारपछि निको भएका ८ जनालाई भोलि नै डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।

उनीहरुको ३ पटकको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । यससँगै नेपालमा को`रोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ । यसअघि नेपालमा ६ जना को`रोना संक्र`मित निको भई डिस्चार्ज भएका थिए । नेपालमा हालसम्म को`रोना संक्र`मितको संख्या ९९ पुगेको छ।

आज फेरी २ जना को`रोना संक्र`मित थपिएका छन । स्वास्थ्य मन्त्रालय का अनुसार कपिलबस्तुमा दुई जना को`रोना सं`क्रमित भेटिएका छन् ।विहीबार कपिलवस्तुका दुई जनामा को`रोना सं`क्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा को`रोना सं`क्रमण देखिएको हो ।उनीहरु दुवैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।कपिलवस्तुमा पहिलो पटक को`रोना सं`क्रमित भेटिएका हुन् ।यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा को`रोना सं`क्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा को`रोना संक्र`मितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *