बुटवल ल्याइयो कपिलवस्तुका कोरोना संक्रमित ।

समाचार

वैशाख ।कपिलवस्तुको मायादेवी गाउँपालिका–२अभिरावका दुई कारोना संक्रमित युवालाई थप उपचारका लागि शुक्रबार बिहानै बुटवल ल्याइएको छ। उनीहरुलाई तौलिहवा उद्योग वाणिज्य संघको एम्बुलेन्समा बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा पठाइएको मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवले बताउनुभयो ।संक्रमण देखिएका युवा १६ र २२ वर्षे एकै परिवारका हुन् । उनीहरु वैशाख २३ गते राति साढे ११ बजे लुकीचोरी सीमा पार गरी नेपाल प्रवेश गरेका थिए । उनीहरुलाई सामान्य ज्वरो र टाउको दुखेपछि यहाँ प्राथमिक उपचार गरिएको थियो ।

२४ गते ६५ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । त्यसमध्ये बिहीबार दुई जनामा कोरोना पोजिटिभ देखिएको थियो ।उनीहरुले सिधै पकडीमा रहेको क्वारेन्टाइनमा आएको भने पनि यसबारे अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो । कन्ट्रयाक्ट ट्रेसिङको काम पनि थालिएको उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा कपिलवस्तु नगरपालिका–८ का २ संक्रमित रहेको भने पनि यी युवा मायादेवी गाउँपालिका–२ का रहेको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *