अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सुरक्षामा खटिएका सैनिकलाई को`रोना भएको पुष्टि

अन्तर्राष्ट्रिय

वासिंटन:अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको को`रोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।तर राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा कार्यरत एक सैनिकलाई को`रोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ह्वाइटहाउसका प्रवक्ताले बिहीबार जनाए अनुसार ह्वाइट हाउसको सुरक्षार्थ खटिएका एक सैन्य अधिकारीमा को`रोना संक्रमण भेटिएको हो ।‘हामीले भर्खरै थाहा पायौँ कि,ह्वाइट हाउसको मेडिकल टीमले एक ह्वाइट हाउसमा कार्यरत सैनिकमा संक्रमण भएको जानकारी दियो ।

राष्ट्रपति र उपराष्ट्रपतिमा कुनै स्वास्थ्य समस्या छैन । उहाँहरको रिपोर्ट नेगेटिभ आयो,’प्रवक्ता होगन गिड्लीले बताएका छन् । ट्रम्पको दुई पटकसम्म कोरोना परीक्षण भइसकेको छ । तर नेगेटिभ रिपोर्ट नै आएको छ । पहिलो पटक अप्रिल २ मा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *