प्रियंकाले लगाएको मंगलसुत्र यसकारण विशेष,डिजाइनकर्ताले खुलाइन् रहस्य(भिडियो)

चलचित्र

काठमाडौं।हालै नायिका प्रियंका कार्कीले धुमधामसँग विवाह गरिन् ।नायक आयुष्मान देशराज जोशीसँग विवाह गरेकी हुन् । विवाह पछि को`रोनाका कारण लक´डाउनको घोष्णा गरिएपछि उनको जोडी अहिले घरमै छ । फिल्मी कार्यक्रम सबै बन्छ छन् त्यसैले उनीहरु विवाह पछि किनेको आफुहरुको भैसेपाटी स्थित नयाँ घरमा बसेका छन्।

प्रियंका र आयुष्मानको प्रेम सम्वन्ध धेरै कारणले पहिल्यैदेखि चर्चा एवं गसिपको विषय बनिरहेको थियो । बैंकर रविना देशराजका छोरा आयुष्मान प्रियंकाभन्दा ६ वर्ष कान्छा हुन्।

विवाह पछि प्रियंकाले सार्वजनिक गरेका तस्बिरमा एउटा वस्तुलाई निकै फोकस गरिएको थियो। त्यो हो उनले लगाएको मंगलसुत्र । उनले हरेक तस्बिरमा आफुले लगाएको मंगलसुत्रलाई विशेष ख्याल गर्थिन । लाग्थ्यो उनले त्यो उनले प्रदर्शन गर्न चाहेकी छन् । उनले त्यसलाई विशेष महत्व दिएको प्रतित हुन्थ्यो । वास्तवमा के महत्व छ उनले लगाएको त्यो मंगलसुत्रको ?विवाह भएको धेरै समय पछि अहिले त्यसको चर्चा सुरु भएको छ।

उनले लगाएको त्यो मंगलसुत्र हगंकगंवाट मगाइएको थियो। त्यसको मुल्य एक लाख ५० हजार बताइएको छ। माया मंगलसुत्र नाम दिइएको त्यसको के बिशेषता छ? सोही मंगलसुत्रकी डिजाइनकर्ताले त्यसको महत्ववारे बताएकी छन्।

प्रियंकालाई एकपटक उनको जन्मदिनमा आयुष्मानले टाँगामा राखेर शहर परिक्रमा पनि गराएका थिए । सामाजिक सञ्जालमा उनीहरुका अन्तरंग तस्वीरहरु लगातार आइरहे । फिल्म करिअर ओरालो लाग्दै गए पनि प्रियंकालाई यही लभ अफेयरले गसिपमा टिकायो।

सामाजिक सञ्जालमा चाहिँ यो जोडीलाई लिएर अनेक ट्रोल बन्दै आएका छन् ।आयुष्मानलाई‘चुसेको आप’को संज्ञा दिनेदेखि प्रियंकाको अघिल्लो श्रीमानसँगको तस्वीर र अन्तरवार्ताहरु सेयर गरेर फ्यानहरुले उनीहरुलाई जिस्क्याइरहे। तर,जति जिस्क्याए पनि प्रियंका(आयुष्मानको शैली फेरिएन। बरु उनीहरु ट्रोलमै रमाए र फन्डाहरुको सिलसिला जारी राखे।

बिहेको केही दिन अगाडि प्रियंका आफ्ना ५/६ जना साथीहरुलाई लिएर ‘ब्याचलर पार्टी’गर्न थाइल्यान्ड पुगिन् । आयुष्मान पनि के कम ?उनले प्रियंकाका केटी साथीहरुकै पोज र ड्रेसअपमा आफ्ना केटा साथीहरुसित फोटोसेसन गरेर सार्वजनिक गरिदिए। विवाहको अघिल्लो दिन कोर्ट म्यारिज गर्नु पनि यो जोडीको‘एटेन्सन सिकिङकै प्रतिबिम्ब थियो।

जे होस्,यी सबै सिलसिलाहरुको पटाक्षेप गर्दै प्रियंका र आयुष्मान श्रीमान-श्रीमती बनिसकेका छन् । पहिलो वैवाहिक सम्वन्ध दुई वर्षको अल्पायूमै टुक्रिए पनि प्रियंकाको दोस्रो दाम्पत्य जीवन लामो समय टिकोस् भनेर धेरैले शुभकामना दिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *