प्रधानमन्त्रीको कोरोना परीक्षण हुँदै,थ्रोट स्वाब लिन स्वास्थ्य टोली बालुवाटारमा।

समाचार

काठमाडौं-को`रोना भाइरस संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको थ्रोट स्वाब लिन स्वास्थ्य टोली बालुवाटार पुगेको छ। प्रधानमन्त्रीको सरकारी निवास पुगेर स्वास्थ्य टोलीले थ्रोट स्वाब लिएको छ। थ्रोट स्वाबको पिसिआर टेस्ट भएपछि भाइरसको संक्रमण भएनभएको निश्चित हुने छ। शुक्रबार सुरु हुने संसदको बजेट अधिवेशनका लागि सबै सांसदको भाइरस संक्रमण परीक्षण भइरहेको छ। शुक्रबार सार्वजनिक भएको रिपोर्टअनुसार ती कुनैपनि सांसदमा भाइरसको संक्रमण देखिएको छैन।

बिहीबार संघीय संसदका सांसद र कर्मचारीको को`रोना परीक्षण गरिएकोमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ भने आज परीक्षण गरिएकाको को`रोना रिपोर्ट आउन बाँकी छ। शुक्रबारको संसद बैठकमा संक्रमण नभएको पुष्टि भएका सांसद मात्र उपस्थित हुनेछन् ।यसको मतलब प्रधानमन्त्री ओली शुक्रबारको संसद बैठकमा उपस्थित हुने सम्भावना कम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *