जीर्ण शरीरलाई आराम दिनुस भन्दै बाबुराम भट्टराईले मागे प्रधानमन्त्री ओलीको राजीनामा,अरु के-के भने हेर्नुस बिस्तृतमा ।

राजनिति

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् साबिक समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शुक्रबारदेखि शुरु भएको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै डा भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।

यसैबीच सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसद अपहरणको यथार्थ संसदको चालु अधिवेशनमा बाहिर आउने भन्दै आफूहरू कुनै पनि प्रकारको आपराधिक गतिविधिको पक्षमा नरहेको बताएका छन् ।

संघीय संसद्को छैटौं अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेम्वाङले सांसद अपहरणको विषमया चालु अधिवेशनमा सत्य र यथार्थ बाहिर आउने बताएका हुन् । शुक्रबारको बैठकमा उनले भने,‘हामी कुनै प्रकारका आपराधिक कार्यको पक्षमा छैनौं ।’

समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठका साथै पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पार्टी फुटाउने उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा महोत्तरीबाट अहपरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ ।

उक्त विषयलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवाले पनि संसदमा उठाएका थिए । नेम्वाङभन्दा अगाडि बोलेका देउवाले अहपरणमा संलग्नलाई पदमुक्त गरेर कारबाही गर्न माग गरेका थिए । जवाफमा नेम्वाङले सत्यतथ्य बाहिर आउने बताएका हुन् ।

नेम्वाङले कोरोना संकटको बेला सबै राजनीतिक दलहरू एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । उनले कोरोनाले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको र त्यसलाई पराजित गर्न लाग्नुपर्ने बताए । उनले भने,‘कोरोना विरुद्धको लडाइ प्रभावकारी रूपमा अगाडि बढाउनका निम्ती संसदले आधार तयार गर्नुछ । यसबारेमा संसदका सम्पूर्ण राजनीतिक दलहरू एकठाउँमा उभिनुहुन्छ भन्ने विषयमा विवाद छैन ।’

संसदको यो अधिवेशनले बजेट पारित गर्नुका साथै शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कानुन बनाउनुपर्ने,समितिमा अड्किएका विधेयक पारित गर्नुका साथै संविधान कार्यान्वयनमा भूमिका खेल्नुपर्ने नेम्वाङको भनाइ थियो ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताएका छन् । संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन शुक्रबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले सरकारका गतिविधिले शासन गर्ने आधार गुमाएको बताएका हुन् ।

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार,सांसद अपहरण,अध्यादेश लगायतका प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक र नैतिक आधार गुमाएको बताएका हुन् । अहिलेको अभिभारा कोरोनाविरुद्ध कसरी राष्ट्रिय एकता गरेर अगाडि बढ्ने भन्ने रहेको भएपनि सरकार त्यसमा असफल भएको देउवाको भनाइ थियो ।

प्रतिनिधिसभाको छैटौं अधिवेशनलाई सम्बोधन गर्दै देउवाले वर्तमान परिस्थितिको संयम भएर सामना गर्न संसदलाई अपील गरेका थिए । ‘सरकारमा नरहेर पनि संकटमा एकताबद्ध भएर लड्न सकिन्छ भन्ने राष्ट्रिय भावनाका साथ कांग्रेस लागिरहेको छ,’उनले भने । उनले कांग्रेसको वर्तमानमा दोस्रो निती ‘बेथिति, भ्रष्टाचार र अधिकनायकवादी प्रवृत्तिका विरुद्ध लड्ने,’रहेको बताए ।

देउवाले गाउँ जानेलाई सहज व्यवस्था नगरेकोमा पनि सरकारको आलोचना गरे ।‘न खान दिने न गाउँ जान दिने सरकारको व्यवहारले आहत बनायो,’उनले थपे,‘सरकारी राहत पाउनुपर्नेले पाएका छैनन् । सकुम्बासीलाई जाउलो आवश्यक भएको बेला आयोग गठन आवश्यक थिएन ।’उनले सरकारले सुकुम्बासी आयोग गठन गरेकोमा आपत्ति जनाएका हुन् ।

स्वास्थ्य सामग्रीको अझै अभाव रहेको र खरिद प्रक्रियामा भ्रष्टाचार भएकोमा देउवाले दुःख व्यक्त गरे । उनले भ्रष्टाचारमा संलग्नलाई पदमुक्त गर्न पनि माग गरेका छन् ।‘स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार गरिनु गम्भीर र अक्षम्य छ । दोषीहरूलाई पदमुक्त गरेर कारबाहीका लागि सघाउन सरकारसँग माग गर्दछु,’देउवाले भने । उनले सांसद अपहरणमा संलग्नलाई कारबाही गर्न पनि माग गरेका छन् । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठका साथै पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दल विभाजन गर्ने उद्देश्यले महोत्तरीबाट काठमाडौं ल्याएका थिए । उक्त विषयमा उजुरी परेको छ ।

अध्यादेश जारी गरेर सरकारले अलोकतन्त्रिक र गैरजिम्मेवार व्यवहार देखाएको देउवाको भनाइ थियो । सरकारले दल विभाजन गर्न सहज हुने अध्यादेश र संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएर दबाबपछि फिर्ता लिएको थियो । दल विभाजन गर्ने र संवैधानिक परिषद्को गरिमा समाप्त गर्ने प्रधानमन्त्रीले सुनियोजित रूपमा अध्यादेश ल्याएको देउवाको भनाइ थियो । सरकारले गरेका भ्रष्टाचारजन्य गतिविध र अलोकतान्त्रिक प्रवृतिलाई प्रतिपक्षलाई सैह्य नहुने देउवाको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *