बिदेसबाट आएका देवरबाट सं`क्रमण भएकि महिला आज को`रोना जितेर अस्पतालबाट डिस्चार्ज भइन् ।

समाचार

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी-५ की को`रोना सं`क्रमित महिला उपचारपछि आज घर फर्किएकी छन्।अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले उनको पछिल्लो दुई रिपोर्ट २४ घण्टाभित्र लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए।यसअघि उनको देवरमा को`रोना सं`क्रमण देखिएको थियो। उनी दुबईबाट आएका थिए। को`रोना सं`क्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

उनी यसअघि डिस्चार्ज भइसकेका छन्। उनीमार्फत् नै ती महिलालाई पनि सं`क्रमण भएको थियो। सेती अस्पतालमा भर्ना भएका पाँचै जना सं`क्रमित उपचारपछि घर फर्किसकेका छन्।सुदूरपश्चिममा वैशाख १ गते पछिल्लो पटक को`रोनाको सं`क्रमण देखिएको थियो।२६ दिनयता प्रदेशमा सं`क्रमित भेटिएको छैन। परीक्षण सुस्त भएकाले पनि सं`क्रमित नभेटिएको हुनसक्ने कतिपय बताउँछन्।सुदूरपश्चिममा भारतबाट ठूलो संख्यामा मानिस भित्रिए पनि परीक्षण भने निकै कमको भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *