ओलीको विरोधमा उफ्री उफ्री कराउने महतो भारतले भुमि मिच्दा किन चुइक्क बोलेनन् ?

राजनिति

आज बाट संसदको वजेट अधिवेशन सुरु भएको छ । छठौँ बैठक तथा बजेट अधिवेशनको पहिलो दिन विभिन्न दलको प्रतिनिधित्व गर्दै नेताहरुले आफ्नो मन्तव्य सदनमा राखे । नेपाली काग्रेसबाट शेरबहादुर देउवा नेकपा बाट सुवास नेम्वाङ हुँदै समाजवादी पार्टीबाट डा वावुराम भट्टराई र राजपाबाट राजेन्द्र महतोले मन्तव्य राखे अन्य साना दलबाट विभिन्न नेताले मन्तव्य राखे ।

आजको संसद बैठकमा राजेन्द्र महतोको प्रस्तुतिले विशेष चर्चा पाइरहेको छ । कारण उनले धुवाधार सरकारको विरोध गर्न सफल रहे । आज वेग्लै फार्ती फूर्तीका साथ सदन आएका महतोले दुइ तिहाइको सरकारलाई दुई कौडीको समेत भन्न भ्याए भने प्रधानमन्त्री ओलीलाई निकै उडाउँदै संसद अ`परहरण गरेर प्रधानमन्त्रीले सप्राइज दिन खोजको तर आफुहरुले उल्टै सप्राइज दिएको सम्म भन्न भ्याए । महताको आजको प्रस्तुती हेर्दा कतिपयले राजेन्द्र महतोले समेत उफ्री उफ्री विरोध गर्ने हैसीयतमा सरकार पुगको भन्दै सामाजिक संजालमा टिप्पणी गरका छन् ।

सभामुखले पटक पटक छोटो गर्नुस भनेर भन्दा भन्दै बहुराष्ट्रिय राज्यको समेत वकालत गरेका महतोले आजै मात्र भारतले नेपाली भुमी मिचेर मानसरोवर जाने बाटो खनेको बारे चुइक्क पनि बोलेनन् । नेपाली जनताको निकै चिन्ता भएजसरी प्रस्तुत भएका महतो भारतको ज्या`दती बारे एक शब्द नबोली ठाँटका साथ रोस्टम बाट विदा भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *