को`रोनाको बेवास्ता गर्दै नेपाली युवाहरु भुमी मिचेको बिरोध गर्दै भारतीय दूतावासलाई घेरेने क्रममा प्रहरी ले पक्राउ गरेको छ।

राष्टिय

काठमाडौं । भारतले नेपाली भूमि मिचेर लिपुलेक हुँदै मानसरोबर जाने सडक मार्ग बनाएको विरो`धमा शनिबार नेपालस्थित भारतीय दूतावासमा प्रद`र्शन गर्न पुगेका विद्यार्थीलाई प्रहरीले प क्राउ गरेको छ ।

सत्तारुढ नेकपा निकट अनेरा स्ववियूका नेता सुदेश पराजुलीको नेतृत्वमा लैनचौरस्थित दूतावासतर्फ अघि बढ्दै गरेका विद्यार्थीलाई प्रह रीले प क्राउ गरेको हो। प्ले कार्डसहित शान्तिपूर्ण विरो धका लागि करिब दुई दर्जन विद्यार्थी दूतावास अगाडि पुगेका थिए ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत विवादित सडकको शुक्रबार उद्घाटन गरेका थिए । यसको नेपालमा चौतर्फी वि रोध सुरु भएको छ । तर,सरकारले भने हालसम्म आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *