उदयपुरमा फेरि ३ जनामा संक्रमण:एउटेै घरका नातिनी र हजुरआमा नै संक्रमित।

समाचार

उदयपुर । त्रियुगा नगरपालिकाकाे वडा नम्बर ३ स्थित भुल्केमा थप ३ जनामा को`रोना भाइरस संक्रमण देखिएको छ । को`रोना परीक्षणमा पहिला रिपोर्ट नेगेटिभ आएकालाई पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो।

शंका लागेपछि पुनः नमूना संकलन गरी परीक्षण गर्दा १८,४५ र ६५ वर्ष महिलामा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । यसअघि संकलन गरिएको थ्रोट स्वाबमा नेगेटिभ देखिएपनि पछिल्लो चरण ढिलो परीक्षण गरेका कारण भुल्केमा पुनःनमूना संकलन गरिएको थियो ।

संक्रमित मध्ये १८ वर्षीया किशोरी र ६५ वर्षीया वृद्धा हजुरआमा र नातिनी हुन् । नातिनी जेठो छोराका छोरी हुन् । यसअघि सं`क्रमित भएका एकै परिवारको ५ जना पनि उनीहरुकै परिवारका सदस्य हुन् । त्यो परिवारमा सं`क्रमितको संख्या ७ जना पुगेको छ । यसअघिका संक्रमित ५ जना मध्ये ६५ वर्षीया महिलाको छोरा र उर्दु पढ्न भारतको विहार गएको नातिनी छन् । छोरी र ज्वाईको साथै अर्का छोरीको छोरा पनि संक्रमित छन् । जसमा दुई नाती शुक्रबार मात्रै डिस्चार्ज भएका छन्।

अर्का सं`क्रमित ४५ वर्षीया महिला सप्तरी सुरुङ्गा नगरपालिका ११ अरहा भजोखाका संक्रमितकै आमा हन् । उनको छोरा शुक्रबार कोशी को`रोना अस्पतालबाट डिस्चार्ज भएर विराटनगरको रानी मजरकको क्वारेन्टाइनमा छन् । उनीहरु चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेमा विवाहमा सहभागी हुन् आएका हुन् । विवादपछि चैत १६ गतेदेखि भुल्केमा छन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार ३ सय ३४ जनाको पुनःस्वाब टेष्टमा ३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । अझै करिव सय जनाको रिपोर्ट आउन बाँकी छ । उदयपुरमा सं`क्रमितको संख्या ३१ पुगेको छ । को`रोना लागेहरु मध्ये १४ जना सं`क्रमणमुक्त भएर क्वारेन्टाइनमा छन् ।

परिवारलाई नै क्वारेन्टाइनमा राख्नु पर्‍याे
भुल्केमा पुनःको`रोना देखिन थालेपछि सं`क्रमित परिवारले आफ्ना सबै सदस्यलाई क्वारेन्टाइनमा राख्न माग गरेका छन् । कोशी को`रोना बिशेष अस्पताल विराटनगरमा उपचार गराइरहेका ६५ वर्षीया महिलाको छोराले परिवारै क्वारेन्टाइनमा राखेर उपचार गर्न माग गरेका छन् ।

विराटनगरमा औषधि उपचार नभएकोले सं`क्रमित भएपनि डाक्टरको सल्लाह अनुसार त्रियुगा नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राख्नु पर्ने उनको माग छ । आज मेरो आमालाई देखियो,भोलि अरुका छोरा नाति र बुहारीमा पनि देखिएला’उनले भने,‘हामीलाई अहिलेसम्म केही भएको छैन्,केही लक्षण देखिएको पनि छैन र डाक्टरले कुनै औषधि पनि चलाएको छैन् । खाली तातो पानी र पौष्टिक आहारले ठिक हुन्छ भने मोतिगडाकै क्वारेन्टाइनमा राख्नु र्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *