अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरीको सहयोगीलाई पनि को`रोना संक्रमण

अन्तर्राष्ट्रिय

वासिंटन:अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पककी व्यक्तिगत सहयोगीलाई पनि कोभिड-१९ को संक्रमण देखिएको छ ।यससँगै ती महिला ह्वाइटहाउसमा कोभिड १९ संक्रमित हुने तेस्रो कर्मचारी हुन् । यसअघि राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा कार्यरत एक सैनिकलाई को`रोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ह्वाइटहाउसका प्रवक्ताले बिहीबार जनाए अनुसार ह्वाइट हाउसको सुरक्षार्थ खटिएका एक सैन्य अधिकारीमा को`रोना संक्रमण भेटिएको हो ।ट्रम्पको दुई पटकसम्म को`रोना परीक्षण भइसकेको छ ।

यस्तै उपराष्ट्रपति माइक पेन्सका प्रेस सहयोगी केटी मिलरलाई पनि संक्रमण देखिएको थियो ।शनिबार सार्वजनिक गरिएको समाचार अनुसार इभान्काको व्यक्तिगत क्षमताका लागि कार्यरत ती सहयोगी महिला हुन् । यसअघि शुक्रबार इभान्का र उनका पतिको पनि कोभिड १९ परीक्षण गरिएको थियो । तर उनीहरुको रिपोर्ट नेगेटिभ आयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *