कतारमा को`रोना संक्रमित नेपालीको संख्या २ हजार नाघ्यो

अन्तर्राष्ट्रिय

काठमाडौं-कतारमा को`रोना भाइरस संक्रमित नेपालीको संख्या २ हजार ३ सय पुगेको छ।गैरआवासीय नेपाली संघ(एनआरएनए)को स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म २ हजार ३ सय नेपालीहरू को`रोना संक्रमित भएका हुन्। कतारमा हालसम्म को`रोनाका कारण कुनै पनि नेपालीको ज्या`न भने गएको छैन। कतारमा को`रोना संक्रमणको दर उच्च रहेको पाइएको छ। कतारमा पछिल्लो २४ घण्टामा ४०९६ जनामा जाँच गर्दा थप १,१३० जनामा को`भिड-१९ संक्रमण भेटिएको, १२९ जना निको भएको र एक जनाको मृ’त्यु भएको स्वास्थ मन्त्रालयले जनाएको छ ।

यो संगै कतारमा भाइरस संक्रमितको संख्या २१,३३१ पुगेको छ ।आज मृ’त्यु हुनेमा ५२ वर्षीय व्यक्ति रहेका छन् । सरकारको उच्च सतर्कता र व्यापक जाँचका कारण कतारमा यतिखेर भाइरसको अवस्था उत्कर्षमा पुगेको छ । साथै केहि दिन पश्चात संक्रमितको संख्या ओरालो लाग्ने मन्त्रालयले बताएको छ ।हालसम्म २४९९ जना निको भएर घर फर्किएका छन् भने १८,८१९ जना उपचारत छन् । आज सम्म १,२४,५५४ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १३ जनाको मृ’त्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *