भारतमा २४ घण्टामा ९५ जनाको मृत्यु।

अन्तर्राष्ट्रिय

नयाँदिल्ली,२८ वैशाख-भारतमा को`रोनाभाइरसबाट सङ्क्रमितको संख्या ६० हजार पुगेको छ । सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत सङ्क्रमितलाई निको भएको छ ।

शनिबारमात्रै झण्डै तीन हजार ३२० जना को`रोनाभाइरस सङ्क्रमितहरु थपिएको जनाइएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ५९ हजार ६६२ पुगेको छ । सङ्क्रमितको संख्या झण्डै ६० हजार पुगेपनि अहिले विरामी अवस्थामै रहेकाहरुको संख्या भने ३९ हजार ८३४ रहेको छ । त्यसैगरी सङ्क्रमणमुक्त हुनेहरुको संख्या १७ हजार ८४७ रहेको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा मात्रै भारतमा ९५ जनाको को`रोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै भारतमा को`रोनाका कारण मृत्यु हुनेहरुको कुल संख्या एक हजार ९८१ पुगेको छ ।केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्ष बर्धनले शनिबारले सङ्क्रमित र मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि कतिपय विकसित देशहरुमा जस्तो अनियन्त्रित र भयावह अवस्था भने नरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *