लिपुलेक अतिक्रमणविरुद्ध दाेस्राे दिन पनि काठमाडाैमा प्रदर्शन।

राष्टिय

काठमाडौँ,२८ वैशाख । भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाएपछि त्यसकाे विराेधमा अहिले सडकदेखि सदनसम्म तातेकाे छ । लकडाउनकाे पर्वाहै नगरी भारतकाे यस कदमविरूद्ध काठमाडाैँका सडकमा दाेस्राे दिन पनि स्वतस्फूर्त प्रदर्शन भएकाे छ ।

अाइतबार मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)निकट विद्यार्थी संगठनले बानेश्वरमा प्रदर्शन गरेकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ । नयाँबानेश्वरकाे संसद् भवन अगाडि सडकमा विरोध प्रदर्शन गर्दा उनीहरूलाइ केही क्षणमै प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

संसद् भवनको दुई नम्बर गेट अगाडि प्रदर्शन गरिरहेका एक दर्जनजतिलाई नियन्त्रणमा लिइएको काठमाडाैँ प्रहरीले जनाएकाे छ ।

शनिबार पनि काठमाडाैमा भारतले लिपुलेक अतिक्रमण गरेकाे विराेधमा प्रदर्शन भएकाे थियाे । शुक्रबार भारतले धार्चुलादेखि लिपुलेकसम्मकाे लिंक राेड उद्घाटन गरेकाे थियाे ।

पोखरामा भारतीय प्रधानमन्त्रीको पुत्ला जलाइयो,४ जना प्रहरी नियन्त्रणमा

पोखरा,२८ बैशाख । आइतबार पोखराको महेन्द्रपुलमा विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन । उनीहरुले भारतबिरुद्ध नाराबाजी गर्दै मोदीको पुत्ला जलाएका थिए ।

अपरान्ह ३ बजेको समयमा पोखराको महेन्द्रपुलमा जम्मा भएका केही बिद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतको बिरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरुले‘भारतीय बिस्तारवाद मुर्दावाद,लिपुलेक हाम्रो हो’लगायतका नारा लगाएर मोदीको पुत्ला जलाएका थिए । पुत्ला दहन गर्दा गर्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । सोही क्रममा उनीहरुले प्रहरीबिरुद्ध नाराबाजी पनि गरेका थिए ।

प्रर्दशनका क्रममा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छ । नियन्त्रणमा लिइएका हरु क्षितिज सापकोटा,बिनय तिसमल्सीना,बिशाल गोले र मदन पहारी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *