वाह!नेपालमै यस्तो परिवार,बाबु-छोरा पाइलट आमा ए`यरहोस्टेज।

समाज

कोठाका भित्ताभरि दर्जन त`स्बिर छन् । नेपालको राष्ट्रिय ध्व`जावाहक नेपाल एयरलाइन्सका सुरुवाती दिनदेखिकै जहाजका तस्बिरहरूले उनको कार्यकक्षको शोभा बढाएको छ ।तस्बिरमा भएकामध्ये कतिपय जहाज अहिले‘फेज आउट’भइसकेका छन्,कति चाहिँ त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा‘घाम तापिरहेका’छन् ।

उनको बाल्यकाल तिनै जहाज उडाउने पाइलट बन्ने सपनाका साथ बित्यो। जबकी अभिभावक चाहन्थे उनी डक्टर बनुन् । अभिभावकको इच्छा वि`परित पाइलटका रूपमा उनले जहाज उडाउन थालेको पनि १२ वर्ष बितिसकेको छ । उनी अहिले नेपाल वायुसेवा निगमको पाइलट हुन् । यति मात्र होइन अपरेसन म्यानेजरका रूपमा निगमको नेतृत्व तहको जिम्मेवारी समेत सम्हाल्दै छन् ।

उनी हुन् दीपु जुहार्चन । सुन्धारास्थित नेपाल वायुसेवा निगमको चौथो तल्लामा रहेको उनको कार्यालयका भित्तामा सजिएका जहाजका फोटोबारे उनले भने,‘यो कोठामा पुरै हिस्ट्री छ’। जहाजको‘हिस्ट्री’उनको कार्यकक्षका तस्बि`रमा छँदैछ । तर निगमसँगै उनको परिवारको ‘हिस्ट्री’ पनि जोडिन्छ । दीपुको परिवार निगमको सुरुआती दिनसँगै यो क्षेत्रमा जोडिन पुगेका हुन् ।

बा र आमापछि अब दीपुले निगममा काम गर्न थालेको पनि जोड्ने हो भने आधा शताब्दी कट्छ । ६१ वर्ष पुगेको निगममा जुहार्चन परिवारको संलग्नता कूल मिलाएर ५६ वर्ष पुगिसक्यो । दीपुका बुबा क्या`प्टेन यामप्रसाद जुहार्चनको २४ बर्ष,आमा सुमिली जुहार्चनको २० वर्ष र दीपुको १२ वर्ष गरी जुहार्चन परिवारले कूल ५६ वर्ष निगममार्फत्‘राष्ट्रसेवा’गरेको छ ।

तीनमध्ये बाबु यामप्रसाद र दीपु निगमका जहाज उडाउने क्याप्टेन हुन् भने आमा सुमिली एयर होस्टेस् ।मुस्ताङ सदरमुकाम जोमसोमबाट २ घण्टाको पैदल दुरीमा पर्छ एउटा सुन्दर बस्ती मार्फा । त्यहाँबाट राजधानी पुगेर पढ्ने पहिलो व्यक्ति थिए,यामप्रसाद जुहार्चन । सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेपछि यमप्रसाद पाइलट तालिमका लागि अमेरिका गए ।

बाबुले पाइलट बन्ने बाटो रोज्नु पछाडिको कारणबारे दीपु अनभिज्ञ छन् । अहिले हवाई र सडकमार्गले जोडिए पनि त्यतिबेला पोखराबाट म्याग्दीको बेनी हुँदै ३-४ दिन हिँडेर मार्फा पुग्नुपथ्र्ये। त्यसैले पनि हवाइ यात्राबाट यो दुरी छोट्याउने बुवाको रहर होला जस्तो लाग्छ दीपुलाई । आमा सुमिली भने धरानकी हुन् । लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा कार्यरत

उनी पनि पछि एयर होस्टेस भएर नेपाल वायुसेवा निगममा प्रवेश गरिन् । अर्थात यामप्रसाद निगममा पाइलट भए,सुमिली एयर होस्टेस भइन् । कहिले यामप्रसादले उडाएको जहाजमा सुमिली एयर होस्टेस हुन्थिन्,कहिले सुमिलीको ड्युटी परेको जहाज उडाउने पालो यामप्रसादको पर्थ्याे । मन न हो,एउटै संस्था‘निगम’र उडानमा हुने लगातारको भेटले दुवैबीच प्रेम अङ्कुरायो ।

उनीहरू विवाह बन्धनमा बाँधिए । यामप्रसाद पाइलट हुँदा दीपु पोखरास्थित गण्डकी उच्च माध्यमिक विद्यालयमा पढ्थे । आमाबाबु दुबैको व्यस्तताका कारण उनलाई होस्टेल राखिएको थियो । स्कुले जीवनमा भए पनि रेडियो र टेलिभिजनमा उनको मोह धेरै नै थियो । नयाँ पत्रिका दैनिक बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *