साउदीमा को`रोना सङ्क्रमित एक नेपालीको ज्या`न गयो

समाचार

काठमाण्डौ–साउदीको जेद्दा क्षेत्रको मदिनामा को`रानाका सङ्क्रमणबाट एक नेपालीको ज्यान गएको छ । जेद्दा क्षेत्रमा अहिलेसम्म ४५ जना नेपालीमा को`रोना सङ्क्रमण भएको १० जना निको भएको र एक जनाको ज्यान गएको जेद्दामा रहको महावाणिज्य दूतावासले जनाएको छ ।बाँकी ४३ जनाको उपचार भइरहेको छ । को`रोनाको कारण ज्यान गुमाउने नेपालीको परिवारप्रति दुःख व्यक्त गर्दै महावाणिज्य दूतावासले सबै नेपालीलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सतर्कता अपनाउन र समस्या परे सम्पर्क गर्न अनुरोध गरको छ ।

साउदीमा दूतावासको जानकारीमा आएअनुसार ५० जना नेपालीमा सङ्क्रमण देखिएको छ । जसमध्ये १५ जना निको भएका छन् । साउदीमा अहिलेसम्म ३९ हजार ०४८ जनामा कोरोना सङ्क्रमण भएको छ ।यसमध्ये ११ हजार ५४७ जना निको भएका छन् भने २७ हजार ३४५ जनाको अस्पतालमा उपचार भइरहेको छ । २४६ जनाको को`रोनाको कारण ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *