दुबईमा रहेका कपिलवस्तुका ढकालको कोरोनाले ज्यान लियो

समाचार

वैदेशिक रोजगारिको शिलशिलामा दुबईमा रहेका एक नेपाली युवाको ज्यान गएको छ ।विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट दुबइको अवुदावीमा बस्ने ३९ वर्षिय चुरामणि ढकालको ज्यान गएको हो।विगत १५ वर्षदेखि ।दुबईमा कार्यरत ढकालको अवुदावीमा उपचारकै क्रममा मृत्यु भएको उनका आफन्त समेत रहेका एनआरएनए यूके सचिव कोशलेश्वर ढकालले जानकारी दिए ।

गत मे १ तारिखदेखि स्थानीय अस्पतालमा उपचाररत ढकालको शनिबार बिहान निधन भएको थियो ।गुल्मीका जोहांग पुर्ख्यौली भएका मृतक ढकालको बसाई पछिल्लो समय ।कपिलवस्तुको वाणगंगामा थियोएनआरएनए यूके सचिवढकालका अनुसार ।मृतक ढकालका श्रीमती,एक छोरा र एक छोरी छन्अ।पांगता भएका छोरा उठ्न समेत नसक्ने अवस्थामा छन् । परिवारको आर्थिक अवस्था पनि निकै कमजोर छ ।

मृतक यसअघि अन्य कुनै गम्भीर स्वास्थ्यसमस्याबाट पीडित नभएपनि दुई वर्षअघि निमोनिया भएर दुबईमै उपचार गराएका थिए ।उनको निधनको खबर आएसँगै कपिलवस्तुको वाणगंगामा रहेको परिवार विक्षिप्त भएको छ।
source-Cn nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *