सीमामा भारतीय र चिनियाँ सैनिकबीच झ*डप,११ जना घाइते

अन्तर्राष्ट्रिय

काठमाडौ,बैशाख २९-भारतको उत्तर सिक्किमस्थित कुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झ-डप भएको छ । हिजो शनिबार भारतको उत्तर सिक्किमस्थित कुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झ-डप भएको हो ।

दुई देशको सीमामा भारतीय र चिनियाँ सेनाबीच झ-डप हुदा सात चिनियाँ र चार भारतीय सहित एघार जना घाइते भएका हुन् । उनीहरुलाई सामान्य चो-ट लागेको र अवस्था खतरामुक्त रहेको बताइएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका सैनिक झडप भएको हो। चीन,भुटान र भारतको सीमामा पर्ने दोक्लम क्षेत्रमा चीनले बाटो बनाएपछि भारतले रोक्न खोजेको थियो।

अहिले स्थानीय स्तरमै छलफल गरी सो समस्याको हल गरिएको बताइए पनि यसबारे दुवै देशले औपचारिक प्रतिक्रिया जनाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *