केपी शर्मा ओलीको गीत रेकर्ड हुदै , लकडाउन पछि सुन्न पाइने…

राजनिति

काठमान्डौ,१ मे(१९ वैशाख)अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र,पढेर प्रतिक्रिया दिन आग्रह गरेकी थिइन् ।कविताको शीर्षक थियो,‘अब आँसु खसाउनु पर्दैन’।सर्जकको दृष्टिबाट योगीलाई कविता राम्रो लाग्यो । तुरुन्तै उनले सांसद न्यौपानेसँग कवितालाई गीत बनाउन आग्रह गरे । र,पहिलो पंक्ति गुनगुनाएर सुनाए पनि । योगीलाई त्यसको केही दिनपछि कवितालाई गीत बनाउने प्रस्ताव आयो ।

अनि चार दिन लगाएर कवितालाई संगीतको लयमा ढाले । रेकर्डिङ भने लकडाउन खुलेपछि मात्र गर्ने तयारीमा छन् । कवितामा प्रधानमन्त्रीको देशभक्ति पोखिएको योगी बताउँछन् । त्यसमा संगीत भरेर उनले प्रधानमन्त्रीलाई सुनाइसकेका छन् । र,प्रधानमन्त्रीले आफूलाई अझ ऊर्जाशील बनाएको प्रतिक्रिया दिएको योगी बताउँछन् ।त्यसलगत्तै प्रधानमन्त्री ओलीको अर्को कवितामा पनि संगीत दिँदै छन् योगीले । उनका अनुसार मिर्गौला प्रत्यारोपणको चौथो दिन सिसियूमा रहेकै वेला प्रधानमन्त्री ओलीले उक्त कविता रचना गरेका थिए । नयाँ पत्रिकामा खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *