कोरोना नियन्त्रण गर्न खटिरहेका स्वास्थ्यकर्मीलाई ज्यान मा’र्ने ध’म्की ।

समाचार

राँझा । कोरोनावि’रुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बांँकेको सोनपुरमा स्थानीय व्यक्तिले ज्यान मा’र्ने ध’म्की दिएका छन् । स्वास्थ्यचौकीमा नजन्मेको’शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मा’र्ने ध’म्की आएपछि खजुरा गाउँपालिका वडा नं ७ स्थित सोनपुर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी त्रसित भएको स्वास्थ्यचौकीका प्रमुख सुदीप पौडेलले बताउनुभयो ।उहाँका अनुसार यही वैशाख २६ गते प्रसूति गराउन आउनुभएकी रफी भाटकी श्रीमतीलाई स्वास्थ्यचौकीका कर्मचारीले व्यथा नलागेको भन्दै घर फर्काईदिएका थिए ।

घरमै सुत्केरी भए पनि स्वास्थ्यचौकीमै जन्मिएको प्रमाणीकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा उनीसहितको समूहले कार्यालयमा आएर कर्मचारीमाथि दु’व्र्यवहार गर्नाका साथै ज्यान मा’र्ने ध’म्की दिएको हो ।स्वास्थ्यचौकीमै आएर कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्ने र ज्यान मा’र्ने ध’म्की दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सुरक्षा प्रत्याभूतिको माग गरी प्रहरीमा उ’जूरी दिएको स्वास्थ्य चौकीका प्रमुख पौडेलले जानकारी दिनुभयो ।को’रोना भाइरस सङ्क्रमणको आशङ्कामा स्वास्थ्यकर्मीले धमाधम स्वा’ब सङ्कलन गरिरहेका बेला ध’म्की आएपछि स्वास्थ्यचौकीको सेवा प्रभावित भएको बताइएको छ ।
फोटो फाइल

Leave a Reply

Your email address will not be published. Required fields are marked *