काठमाडौँबाट समातिइन् विवेकशील पार्टीकी लोकप्रिय नेतृ रञ्जु दर्शना

समाचार

काठमाडौं–विवेकशील पार्टीकी लोकप्रिय नेतृ रञ्जु दर्शना काठमाडौँबाट पक्राउ परेकी छिन् । रञ्जुलाई आज दिउँसो माइतीघर मण्डलाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनी र उनको पार्टीका नेता कार्यकर्ताले भिडभाड र होहल्ला गर्दै भारतको विरुद्धमा नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

उनीसँगै विवेकशील नेपाली पार्टीका अन्य आधा दर्जन युवा पक्राउ परेका हुन् । विगत लामो समयदेखि विस्तारवादी सोच राख्ने छिमेकी मुलुक भारतले नेपालको भूमि हुँदै मानसरोवर पुग्ने सडक बनाएको विरोध जनस्तरबाट पनि भइरहेका बेला विवेकशील नेपाली दलले विरोध प्रदर्शन गरेको छ।

उनीहरु भारतले नेपालको भूमीबाट बाटो खोलेको भन्दै माइतीघर मण्डलामा भारत विरुद्ध विरोत्रमा उत्रेका थिए । यसअघि पनि प्रमुख प्रतिपक्षी दलका नेता कार्यकर्ताहरुलाई प्रहरीले प्रर्दशन गरेको आरोपमा पक्राउ गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *