कोरोना संक्रमणबाट यूएईमा २ नेपालीको मृत्यु।

समाचार

काठमाडौ,बैशाख ३०–कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ ।

मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए । भने तीन हजार ४०३ जनाको ज्यान गएको छ । त्यस्तै कोरोनाका कारण यूएईमा २ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँचीका एक युवा र अर्का नाम नखुलेका युवा रहेका छन् । उनिहरको कोरोनाका कारण मंगलबार मृत्यु भएको हो ।

उनिहरु दबै जना यूएईको आबुधाबीमा रहेको एक रेष्टुरेन्टमा कार्यरत थिए । स्वास्थमा समस्या आएपछि अर्घाखाँचीका ३९ बर्षिय युवालाई आबुधावीको ब्रुजेल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका उनको मंगलबार मृत्यु भएको अस्पतालले घोषणा गरेको हो । भने अर्का युवाको पनि उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *