काठमाडौं र भक्तपुरका ३ सहित आज एकै दिन ८३ जनामा को`रोना पुष्टि !

समाचार

काठमाडौं । काठमाडौं र भक्तपुरमा तीन जना सहित थप २६ जनामा को`रोना भाइरस रोगको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै ८३ जनामा को`रोना पोजेटिभ देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार भक्तपुरका २५ वर्षकी महिला र २७ वर्षका पुरुष तथा काठमाडौंकी ३३ वर्षकी महिला सहित विभिन्न स्थानमा गरि २६ जनामा को`रोना भाइरस पोजेटिभ देखिएको छ । यो संगै नेपालमा को`रोना संक्रमितको संख्या २१७ पुगेको छ ।

मंगलबार एकैदिन नेपालमा ८३ जनामा को`भिड-१९ पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २६ जनामा को`रोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,काठमाडौंमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मंगलबार ८३ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । मंगलबार एकै दिन ठूलो संख्यामा को`रोना पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *