कोरोना रोकथाम कोषमा बलिउड अभिनेत्री उर्बशीले गरिन ५ करोड सहयोग

चलचित्र

एजेन्सी – बलिउड अभिनेत्री उर्बशी रौतेलाले कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग गरेकी छिन् । उनले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ५ करोड सहयोग गरेकी हुन् । कोरोनाविरुद्ध लड्न बलिउडका कयौ कलाकारले आर्थिक सहयोग गर्दै आएका छन् ।

त्यस्तै केहि दिन पहिला बलिउड अभिनेत्री प्रियंका चोपडा करिना कपुर दिशा पटानि लगायत सलमान खान अक्षय कुमार आमिर खान शाहरुख खानले सहयोग गरेका थिए । भने नायिका उर्बशीलेले हालै ५ करोड सहयोग गरेको बारे सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *