सिराहामा मध्यरात मा घाटी छि`नी ह`त्या।शरीर छ टाउको छैन।

समाचार

सिरहा-सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको घाँ`टी रेटेर ह`त्या भएको छ ।

लहान नगरपालिका १७ गोबिन्दपुरका ३७ वर्षीय मोहम्मद सफिद मियाँको सोमबार राति १० बजे तिर ह`त्या भएको प्रहरीले जनाएको छ ।

मियाँको घाँ`टी नै छि`नालेर ह`त्या भएको र घटनास्थलमा टाउको नभेटिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा टाउको काटिएको अवस्थामा शरिर मात्रै छ भने हतियार पनि फेला परेको छैन् । मियाँको श`व स्थानीयवासी ४० वर्षीय मोहम्मद सरिफ मियाँको घर नजिकै आज(मंगलबार)बिहान प्रहरीले फेला परेको हो ।

शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लैजाने तयारी भएको छ । ह`त्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन ।

घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र थप अनुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *