साउदीमा एकैसाथ यती धेरै नेपाली कामदार कोरोना बाट सन्क्रमित,सबै त्रासमा !

समाचार


साउदी अरबमा ६ सय ७४ जना नेपाली श्रमिक कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् ।

साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म ६ सय ७४ जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टि भएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार संक्रमितमध्ये १ जना नेपालीको मृत्यु भएको छ । कुल संक्रमितमध्ये ११ जना महिला कामदार रहेको दूतावासले जनाएको छ ।

दूतावासलाई प्राप्त विवरण अनुसार नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६,पश्चिमक्षेत्र मक्का,मदिना, जेद्दा र जजानमा १ सय ४८,रियाद क्षेत्रमा १ सय ७५,कसिम क्षेत्रमा ३,हायल क्षेत्रमा ३ र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएका छन् ।

संक्रमितमध्ये कतिपय निको भएर काममा समेत फर्किसकेको दूतावासले जनाएको छ । तर,निको हुने नेपालीको संख्या भने खुलाइएको छैन् ।

त्यहाँको सरकारले दूतावासलाई दिएको जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण शुरु भएदेखि हालसम्म विभिन्न कारणले ३१ जना नेपालीले ज्यान गुमाएका छन् ।

तीमध्ये १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ। त्यस्तै ३ जना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाई पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको दूतावासको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *