“रबि लामिछाने माथिको प्र’हार गलत छ” बास्तबिकता यो हो भन्दै दिपक राज गिरिले गरे उक्त दिनको घ’टनाको बास्तबिकता सार्बजनिक ,

चलचित्र

काठमाडौ,सामाजिक सन्जालमा एउटा फोटो भिडियोले गर्दा चर्चित पत्रकार रबि लामिछाने फेरि बि’बादमा तानिएका छन,विभिन्न सन्चार माध्यमहरुले लकडाउनको बेवास्ता गरेको र सामाजिक दुरि कायम नगरी भोज गरेको भन्दै समाचार प्रकाशित भएको थियो,फोटो तथा भिडियोमा थुप्रै नेपाली चलचित्र क्षेत्रका कलाकार समेत थिए,तर कुरो उठ्यो रबि लामिछानेको! नेपालमा राम्रै छवि बनाएका रबि लामिछाने सबैको आखाको तारो हुनु नौलो कुरा होइन तर यश बिषयमा केहिले टिभिमा आफै सामाजिक दुरि कायम गरौँ भन्दै अर्ति दिने मान्छे आफै यसरी भोज भतेर गर्दै हिड्ने भन्दै चर्को आलोचना भै रहेको छ।

सामाजिक सन्जालमा रबि लामिछाने सङ्ग जोडेर केही मिडियाले समाचार सम्प्रेषण गरेपछि दिपक राज गिरिले उक्त दिनको घटनाको नालिबेली सार्बजनिक गरेका छन।

उनले सामाजिक सन्जाल फेसबुक मार्फत भनेका छन।
आज म लेख्दैछू …

लगभग १०,१२ दिन राहत बॉड्न हिडियो होला त्यो फोटो कसैले छापेन, राहत बॉढेपछि बसेर खाना खाएको र हामिले नै खिचेर हालेको फोटो लाइ आधार बनाएर मसलायुक्त समाचार छापियो त्यस्को लागि धन्यबाद छ ,केहि फ़िल्मी पत्रकार साथिहरूलाइ!!!
समाचारै लेख्दा अलि बुझेर लेख्या भए समाचार रमाइलो हुदैनथ्यो तपाइहरूको पिडा पनि बुझ्छू म ….

शनिवार भोज गरे भनेर लेखेका छन् साथिहरूले
जबकि त्यों फोटो सोमबारको हो
तपाइहरूको स्क्रिप्ट यहि बाट चिप्लिन सुरू भो
तपाइहरूले लेख्नु भएको स्क्रिप्ट मा केहि सत्य कुरा नि हालौ है त?
कुरा हो सोमबारको
जति बेला काठमान्डौमा लकडाउन केहि खुकुलो भएको थियो सडकमा मज्जाले गाडिहरू गुड्न थालेका थिए अनि हामि चलचित्रकर्मीहरू अनुरागजीले बितरण गरेको एक राहत कार्यक्रम मा सहभागी भयौ
दिनभर भोकाएका थियौ,पसलहरू बन्द थिए अत
अनुरागजी कॉहा नै खाना खाना जाने कुरा भयो
रबिजी लाइ मैले कल गरे उहॉ आउनु भयो सामान्य भोजन गर्यौ,न कुनै तडक भडक गर्यौ।

न त्यो कुनै पार्टी नै थियो..
जहां सम्म रबी लामिछाने जी को कुरा छ,उहॉ लाखौ नेपालीहरूको आशाको केन्द्र हो,अत:उहॉ माथिको प्रहार गलत छ र त्यो आरोप मा एक रत्ती सत्यता पनि छैन
त्यो दिन पनि मैले कल गर्दा उहॉ आउन चाहनु भएको थिएन,
एक त धेरै लामो समय देखि हामि भेटेका थिएनौ
मैले नै उहॉलाइ यो परिस्थितिमा एक अर्का संग कसरी हातेमालो गरेर अघि बढ्न सकिन्छ छलफल पनि गरौ,लकडाउन पनि अब खुकुलो हुने क्रममा छ भनेपछि उहॉ आउनु भयो,सामान्य खाना खायौ..थुप्रै राम्रा योजनाको बारेमा छलफल पनि गर्यौ।

त्यहि वेला ३४ जना नयॉ संक्रमित थपिएको समाचार आयो, रबिजीले नै भन्नु भयो“ओहो अबस्था फेरीयो अब छुट्टिनु पर्छ अब हामि भिडियो च्याट मैं कुरा गरौला “उहॉ निस्कनु भयो
हामि पनि घर आयौ….मसला नभएको कथा चाहि यहि हो !!!
तैपनि हामि बाट एउटा गल्ति चाहि भयो
सडकमा खाना बॉडेको फोटो त फेसबुकमा हाल्नु हुदैन भन्ने हेक्का थियो तर साथिहरूले सामान्य खाना खाएको फोटो भने हाल्न पुग्यौ ..“लखर लखर हिडेर मदिरा पार्टी गरेर,नॉचगान गरेर उच्छृंखलता प्रस्तुत गरेको अबस्था पनि होइन,राम्रो काम गरेर आएर खाना खाएको फोटो मात्रै हो ….. ब्याख्या आ आफ्नै ढंगले गर्न सबैलाइ छुट छ …..जय नेपाल!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *