दुखद खबर,कोरोनाका कारण दुई प्रहरीको जवान को मृत्यु ।

अन्तर्राष्ट्रिय

भारत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतको मुम्बईमा दुई जना प्रहरीको मृत्यु भएको छ । मुम्बई प्रहरीले ट्विट गर्दै दुई प्रहरीको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । प्रहरीका अनुसार सेवरी थानाका एएसआई मुरलीधर बाघमारे र शिवाजी नगर थानाका नाइक भगवान पार्टेको कोरोना कारण मृत्यु भएको हो ।

महाराष्ट्रमा मुम्बई सबैभन्दा बढी प्रभावित भएको छ भने यहाँ प्रहरीमा पनि कोरोना संक्रमण बढी देखिएको छ । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २ हजार ५६४ जनाको मृत्यु भएको छ । विहीबार मात्र थप १३ जनाले ज्यान गुमाएका छन् । विहीबार थप १ हजार २७८ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमितको संख्या ७९ हजार ३३३ पुगेको छ । भारतमा हालसम्म २६ हजार ५७५ जना निको भएका छन् भने ५० हजार ९४ को उपचार भइरहेको छ ।

यसैबीच लकडाउनको समयमा अवैध रुपमा हालसम्म १०० भन्दा बढी नेपाली नागरिक महाकाली नदी तरेर नेपाल भित्रिएका छन् । बैतडी र दार्चुलामा गरी उक्त सङ्ख्यामा स्वदेश भित्रिएका हुन् । महाकाली नदीमा ट्युवमार्फत बैतडीमा ४० जना भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । सीमा सील रहेका बेला अवैध रुपमा सुरक्षाकर्मीको आँखा छलेर उनीहरु नेपाल आएका हुन् ।उनीहरु सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको उनले बताए । दार्चुलामा पनि लकडाउनमा समयमा महाकाली नदी तरेर ७० जना भित्रिएको तथ्याङ्क रहेको छ । उनीहरुमध्ये कोही महाकालीमा पौडिएर,कोही तुहिनमार्फत र कोही ट्युबमार्फत स्वदेश भित्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *