क्वारेन्टाइनबाट भागेका युवा मदिरा लिन गएका रहेछन्’

समाचार

२ जेठ,बुटवल । नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिकाको एक क्वारेन्टाइनबाट भागेका भनिएका व्यक्ति मदिरा लिन गएको खुलेको छ ।

रामग्राम नगरपालिकास्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका दुई/तीन जना युवा बिहीबार साँझ क्वारेन्टाइनस्थलबाट भागेका थिए । उनी बजारबाट मगाएको मदिरा लिन गएको पाइएको रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले जानकारी दिए ।

उनीहरुले साथीमार्फत बजारबाट मदिरा मगाएका थिए । मदिरा लिएर फर्किँदा प्रहरीले देखेपछि भागेका थिए ।‘साथीले मदिरा ल्याइदिएपछि बाहिर निस्किएको बेला सुरक्षाकर्मीले देखेपछि उनीहरु भागेका हुन् रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले भने,‘१८–१९ वर्षका दुई/तीन जनाले मदिरा मगाएर सेवन गरेको स्वीकार गरे, हामीले आइन्दा त्यसो नगर्न सम्झायौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *