संसदबाट ´यमसिसि` ततकाल अनुमोदन हुनुपर्छ: सेरबाहादुर देउवा ।

राजनिति

कोरोनाका कहरका सन्त्रास फैलिएर दुनियाँको ध्यान एकातिर रहेका वेला प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भने एमसीसी पास गराउँने खसखसले औधी सताएको छ । देउवाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट ततकाल अनुमोदन हुनुपर्ने बताएका छन् ।

शनिबार बसेको संसदीय दलको बैठकमा बोल्दै देउवाले एमसीसी कुनै ऋण सम्झौता नभएर अमेरिकी अनुदान भएका कारण यसलाई संसदले अनुमोदन गरेर देश विकासमा लगाउनुपर्ने बताए ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेको छ । कांग्रेसले शनिबार यसबारे संसद सचिवालयलमा संशोधन प्रस्तावसमेत दर्ता गराएको छ ।

त्यस्तै नेपाली काग्रेसले सरकारले कोरोना महामारीबाट उत्पन्न संकटलाई सम्वोधन नगरी पट्यारलाग्दो नीति तथा कार्यक्रम ल्याएको भन्दै नेपाली कांग्रेसले बुँदा नम्बर १ देखि २७६ सम्म पुनर्लेखन गर्नुपर्ने माग गरेको छ।

शनिबार दर्ता गरिएको संशोधन प्रस्तावमा संशोधनकर्ताका तर्फबाट डा। मिनेन्द्र रिजाल,पुष्पा भुसाल र सञ्जयकुमार गौतमको हस्ताक्षर गरेका छन्।

शुक्रबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रमले कोरोनाको महामारीलाई सम्बोधन गर्न नसक्ने,विदेशमा रोजगारी गुमाएका नेपालीहरुलाई जोखिमबाट सुरक्षित गराउन नसक्ने र देशका सामु उत्पन्न चुनौतीको समामना गर्न नसक्ने भन्दै यसको पुनर्लेखन गरिनुपर्ने कांग्रेसको माग छ ।

यसैबीच शनिबार नयाँ बानेश्वरस्थित संदस भवनको ल्होत्से हलमा नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ । बैठकमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सीमाना अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा बस्ने प्रवन्ध मिलाउन र विदेशमा रहेका नेपालीहरुलाई स्वदेश र्फकने वातावरण बनाउन सरकारसँग माग छन् ।

बैठकमा बोल्ने अधिकांश कांग्रेस सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा रहेका कमजोरीबारे औंल्याएका छन् ।सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल हुँदैछ।
source:otvnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *