सबैलाई काममा पठाएर एक्लै बसेका श्रीमानलाई,श्रीमतीले रंगेहात फेला पारेपछि…

समाज

बालिकालाई क`रणी गर्दागर्दै पत्‍नीले बाहिरबाट चुक्कुल लगाइदिएको घटना सार्वजनिक भएको छ । एकाबिहानै परिवारका सबै सदस्य खेतमा काम गर्न निस्किए । सबै जना काममा व्यस्त रहे । तर, सबै काममा गए पनि मोरङको उर्लाबारी नगरपालिका–४ का ३९ वर्षीय तोमकुमार लिम्बू भने घरमै बसेका थिए ।

घरमा परिवारका सदस्य कोही पनि नभएको मौका छोप्दै उनले बुधबार बिहान स्थानीय १५ वर्षीया बालिकालाई ललाईफकाई बिहान ८ बजेतिर आफ्नै घरमा बोलाएका थिए । प्रहरीका अनुसार बा’लिकालाई बोलाएपछि घरमा आइपुगेकी बा’लिकालाई लिम्बूले कोठाभित्र लगेर ढोका थुनेर क’रणी गर्न थालेका थिए । श्रीमान कोठामा बा’लिकामाथि क’रणी गर्दै थिए त्यत्तिकैमा उनकी पत्नी पनि घरमा आइपुगिन् ।

कोठाभित्र बालिकालाई राखेर पतिले गलत हर्कत गरिरहेको आ’शंकामा उनले बाहिरबाट ढोकाको चुक्कुल लगाइन् । त्यसपछि उनी आफैंले छरछिमेकीलाई पनि खबर गरिन् । वरपरका सबै भेला भएर सोधपुछ गर्ने क्रममा बा’लिकाले ललाईफकाई घरमा बोलाएर आफूमाथि तोमकुमारले क’रणी गरेको कुरा बताइन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बा’लिकालाई क’रणी गर्ने तोमकुमारलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीविरुद्ध जवरजस्ती क’रणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको छ ।

उहाँका अनुसार स्थानीय बासिन्दा भेला हुन थालेपछि घरबाट फरार भएका तोमकुमारलाई मिक्लाजुङको जंगलतर्फ भाग्दै गरेको अवस्थामा बुधबार साँझ पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानबाट तोमकुमारले क’रणी गरेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *